आईसीसी टी२० वर्ल्ड कपः रोमाञ्चक म्याचमा पाकिस्तानलाई ६ रनले पराजित गर्न सफल भारत

IMG-20240610-WA0107.jpg

न्यूयोर्क: आईसीसी टी२० वर्ल्ड कपको महत्त्वपूर्ण म्याचमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरी सुपर ८-को दिशामा मजबूत कदम बढ़ायो। न्यूयोर्कको नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियममा रेकर्ड संख्यामा उपस्थित दर्शकहरूले अझ एउटा लो स्कोरिंग तर चरम रोमाञ्चक म्याचको आनन्द लिए, जसमा दुवै टीमका बलरहरूको जयजयकार रह्यो। भारतको जीतमा जसप्रीत बुमराह नायक रहे, जसले म्याचमा ३ वटा महत्त्वपूर्ण विकेट लिएर विपक्षी टीमको सातो खाए। पहिला अमेरिका र यसपाली भारत विरुद्ध हारको साथ पाकिस्तानको निम्ति सुपर ८-को बाटो चाहिँ चुनौतीपूर्ण बन्न पुग्यो। वर्षाले गर्दा ढिलो गरी शुरु भएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारत १९ ओभरमा ११९ रन बनाएर अलआउट भयो। कप्तान रोहित शर्मा (१३ रन) र विराट कोहली (०४ रन)-को ओपनिंग जोड़ी असफल भएपछि रिषभ पन्तले ४२ रन बनाएर टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याउनमा ठूलो भूमिका निर्वाह गरे। पन्तले ३१ बल खेलेर ६ वटा चौका लगाए। यसबाहेक अक्षर पटेलले दोस्रो सर्वाधिक २० रन बनाए। सूर्यकुमार यादव ७, शिवम दुबे ३, हार्दिक पाण्ड्या ७ र रविन्द्र जडेजा शून्य रनमा आउट भए। पाकिस्तानका बलरहरूमा नसीम शाह र हारिस रऊफले ३-३ विकेट लिए। यसरी मोहम्मह आमिरले पनि २ विकेट हासिल गरे। सानो तर विकेटको मिजासले गर्दा चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै शुरुदेखि नै विकेटको पतन हुँदा पाकिस्तानको टीमले २० ओभरमा ७ विकेट गुमाएर केवल ११३ रन बनाउन सक्यो। पाकिस्तानको शीर्ष क्रममा सबैले असल शुरुवात गरे पनि मोहम्मद रिजवान (३१ रन)-लाई छोड़ेर कसैले पनि १५ भन्दा अधिकको स्कोर गर्न सकेनन्। जसप्रीत बुमराहको अगुवाईमा भारतीय बलरहरूले सटीक लाइन र लेन्थमा बलिंग गरेर पाकिस्तानको कामलाई कठिन बनाए। रिजवानले ४४ बल खेलेर एउटा छक्का र एउटा चौका लगाए। यसबाहेक इमाद वासिमले १५ रनको योगदान दिए।

कप्तान बाबर आजम, उस्मान खान र फखर जमान १३-१३ रन बनाएर आउट भए। अन्तिम ओभरमा नसीम खानले अविजित १० रन बनाएर प्रयास गरे पनि भारतलाई टुर्नामेण्टमा लगातार दोस्रो जीत हासिल गर्नदेखि रोक्न सकेनन्। भारतीय बलरहरूमा बुमराहले सर्वाधिक ३ विकेट लिए। यसबाहेक हार्दिक पाण्ड्याले २ तथा अर्शदीप सिंह र अक्षर पटेलले १-१ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement