आगामी नवंबरदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

IMG-20240610-WA0015.jpg

काठमांडू: काठमांडू स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी नबंबर ४ देखि २०२५ मार्च ३१सम्म दैनिक १० घण्टा बन्द हुन लागेको जानकारी दिएको छ। उनले भने , “विमानस्थलको क्षमता विस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुनेछ। यसका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरेर नोटाम (विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना) जारी भइसकेको छ।”

प्रमुख निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्वि आयोजना अन्तर्गत हाल धावनमार्गका दुवैतर्फको विन्दुतर्फ नयाँ समानान्तर ट्याक्सी–वे निर्माण भइरहेको जानकारी दिए । उनले ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ एरिया विस्तारका लागि विमानस्थल बन्द गर्न लागिएको जानकारी दिए।
प्रमुख निरौलाले हाल पाँच ठाउँबाट ट्याक्सी–वे धावनमार्गमा जोडिएकोमा मार्चसम्म १० ठाउँबाट धावनमार्गलाई ट्याक्सी–वे र एप्रोनसँग जोड्ने काम सम्पन्न हुने बताउनुभयो। उहाँका अनुसार विमानस्थलको धावनमार्गको मध्य भागबाट ७५ मिटर वरपर चौतर्फी ट्याक्सी–वे विस्तारको काम हुन लागेको हो। उहाँले विमानस्थल स्तरोन्नतिको काम सकिएपछि ट्याक्सी–वे विस्तारसँगै धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्नुका साथै हवाई ट्राफिकमा समेत कमी आउने जानकारी दिए।
नवंबर ८ सम्म दसैँ तथा तिहारमा हुने हवाई चापसमेत कम हुँदै जाने र पर्यटकीय सिजनसमेत सकिने भएकाले उडान सेवा कम प्रभावित हुने विमानस्थल प्रमुख निरौलाले बताउछन। हाल विमानस्थलमा दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म हवाई चाप कम रहेकाले राति १० बजेपछि उडान अवतरण गर्दै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उक्त समयमा उडान तालिका सार्न सक्ने उनले बताए। त्यस्तै भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत उडान–अवतरण गर्ने बाटो खुला रहेको उनले जानकारी दिए।
हाल बिहान ६ बजे खुलेर राति २ बजे बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको छ। यहाँ राति १० बजेपछि नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, क्याथे प्यासिफिक, कतार एयरवेजलगायतका वायुसेवाले उडान–अवतरण गर्दै आएका छन्। हाल विमानस्थलको धावनमार्गको उत्तरी विन्दुतर्फ भइरहेको निर्माण कार्यका कारण अप्रिल १ देखि बौद्धतर्फबाट जहाज अवतरणमा रोक लगाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement