गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रोपल्ट प्रधानमन्त्री पदको शपथ लिएकोमा हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
प्रधानमन्त्रीको नेतृत्व र देशप्रति उनको अद्वितीय समर्पणलाई अतुलनीय बताउॅंदै राज्यपालले भने, ‘सिक्किमका जनता र मेरो तर्फबाट तेस्रोपल्ट भारतको प्रधानमन्त्री पदको शपथ लिएकोमा यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई हार्दिक बधाई एवं शुभकानमा। यो राष्ट्रप्रति तपाईको अद्वितीय सेवा, कुशल नेतृत्व र अथक समर्पणको प्रतीक हो। तपाईको मार्गदर्शनमा हाम्रो देश निरन्तर प्रगतिको पथमा अग्रसर रहनेछ। तपाईको आगामी कार्यकालको निम्ति अनन्त शुभकामना।’
राजभवनद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोह ९ जून, २०२४ सॉंझ ६ बजी राष्ट्रपति भवनमा आयोजित गरियो, जसमा हजारौंको संख्यामा गणमान्य अतिथिहरूले भाग लिए। यसमा धेरै विदेशका नेता र प्रमुख हस्तीहरू पनि सामेल थिए।