गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ आज नरेन्द्र मोदीको तेस्रो पल्टको शपथ ग्रहण कार्यक्रममा सहभागी बन्न दिल्ली पुगेका छन्। गत १९ अप्रेलको दिन सम्पन्न भएको चुनाउमा एसकेएम पार्टीले भारीमतले विजयी बनेपछि दोस्रो पल्ट मुख्यमन्त्री बन्न गएका तामाङले आज नयाँ दिल्लीस्थित राजभवनमा आयोजना गरिने शपथ ग्रहण कार्यक्रममा अंशग्रहण गर्न दिल्ली पुगेका हुन्। दिल्ली पुग्ने क्रममा उनलाई सिक्किम हाउसका अधिकारी, रेसिडेन्ट कमिश्नरले भव्यरूपमा स्वागत जनाए। यस अवसरमा मुख्यमन्त्री प्रेम सिंह तामाङ, लोकसभा सांसद इन्द्र हाङ सुब्बा, राज्यसभा सांसद डीटी लेप्चा लगायत पूर्व विधायक अदित्य गोलेको पनि उपस्थिति रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तेस्रो पल्ट बहुमत हासिल गरेपछि भारतीय जनताको पार्टीको सरकार गठन गर्नको निम्ति शपथ ग्रहण गर्ने भएका छन्।