भारतका उपराष्ट्रपति जगदीप धनखडसित लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको भेट

IMG-20240609-WA0256.jpg

गान्तोक: हालै चुनाउमा सांसदको पदमा भारीमतले निर्वाचित बनेका इन्द्र हाङ सुब्बाले आज देशका उप राष्ट्रपति जगदीप धनखडसँग भेट गरेका छन्। दिल्ली भ्रमणको क्रममा रहेका सुब्बाले भेटको क्रममा उपराष्ट्रपति धनखडका प्रोत्साहनका शब्दहरूको लागि कृतज्ञता प्रकट गरेका छन्।

सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज भारतका उपराष्ट्रपति जगदीप धनखडसित उनको आधिकारिक निवास दिल्लीमा भेट गरेको जानकारी गराइएको छ। यस अवसरमा सांसद सुब्बाले उनको सार्वजनिक जीवनमा लामो अनुभव प्रेरणादायी रहेको बताउँदै उनको यस प्रकारको प्रोत्साहनका शब्दहरूको लागि कृतज्ञ रहेको बताएका छन्। उल्लेखनीय छ, सुब्बा दोस्रो पल्ट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको तर्फबाट भारीमतले विजयी बनेका हुन्। उनी विजयी बनेपछि एनडीएलाई समर्थन जनाउन केही दिन अघि दिल्ली गएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement