नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी र ७१ मन्त्रीले राष्ट्रपति भवनमा शपथ लिएका छन्। जसमा करिब २१ उच्च जाति, २७ ओबीसी, १० दलित, ५ जनजाति र ५ अल्पसंख्यक जातिका सांसद छन्। भाजपाले जातीय समीकरणलाई ध्यानमा राखेर मन्त्रीमण्डल विभाजन गरेको अनुमान गरिएको छ। उच्च जातिबाट अमित शाह, एस जयशंकर, मनसुख मण्डाविया, राजनाथ सिंह, जितिन प्रसाद, जयन्त चौधरी, धर्मेन्द्र प्रधान, रवनीत बिट्टु, नितिन गडकरी, पियुष गोयल, मनोहरलाल खट्टर, जितेन्द्र सिंह, गजेन्द्र सिंह शेखावत, सञ्जय राम सेठु, सुकान्त मजुमदार, प्रल्हाद जोशी, जेपी नड्डा, गिरिराज सिंह, ललन सिंह, सतीश चन्द्र दुबे समावेश छन्। ओबीसीबाट सीआर पाटिल, पंकज चौधरी, अनुप्रिया पटेल, बीएल वर्मा, रक्षा खडसे, प्रताप राव जाधव, शिवराज सिंह चौहान, ज्योतिरादित्य सिंधिया, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर, भूपेन्द्र यादव, भगीरथ चौधरी, अन्नपूर्णा देवी, शोभा कुमारस्वामी, एचडी कुमारस्वामी नित्यानन्द राय पर्छन्। दलितबाट एसपी बघेल, कमलेश पासवान, अजय टमटा, रामदास आठवले, वीरेन्द्र कुमार, सावित्री ठाकुर, अर्जुनराम मेघवाल, चिराग पासवान, जितनराम मांझी, रामनाथ ठाकुर समावेश छन्। आदिवासीबाट जुआल ओरम, श्रीपाद येसो नाइक, सर्वानन्द सोनोवाल समावेश छन्।