अलिपुरद्वार: खोलाबाट पाँच वर्षीया बालिकाको लाश फेला परेको छ।यो घटना बक्सा टाइगर प्रोजेक्ट वन नजिकैको कलकुट बस्ती क्षेत्रमा भएको हो। मृतकको नाम अञ्जली संगमा हो। जानकारीका अनुसार अभिराज संगमाकी पाँच वर्षीया छोरी अञ्जली संगमा शनिबार दिउँसो बेपत्ता भएकी थिइन्। धेरै ठाउँमा खोज्दा पनि बालिका फेला परेन। त्यसपछि आइतबार बिहान स्थानीयले खोलामा बालिकाको लाश देखे। त्यसपछि यो जानकारी पुलिसलाई दिइएको थियो। खबर पाएर घटनास्थलमा पुगेको काल्चिनी पुलिसले बालिकाको लाश बरामद गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको थियो। खोलामा डुबेर बालिकाको मृत्यु भएको पुलिसको प्रारम्भिक अनुमान छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।