अप्पर कमजेरको जीर्ण बाटोको अजय एडवार्डको सहयोगमा जीर्णोध्दार

IMG-20240609-WA0245.jpg

दार्जीलिङ: अप्पर कमजेरको जीर्ण बाटोको हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सक सहयोगमा जीर्णोध्दार गरिएको छ। तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत टिष्टा भ्याली अप्पर कमजेरको बाटो विगत धेरै अघिदेखि जीर्ण अवस्थामा पुगेको थियो। बाटोको जीर्णोध्दार गरी दिने स्थानीय बासिन्दाहरूले पहाडको वर्तमान सत्ता दल साथै क्षेत्रीय सभासद समक्ष गुहार लगाउँदै आएको भएता पनि कुनै पहल नहुँदा स्थानीय बासिन्दाहरूले हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स समक्ष गुहार लगाउँदा बाटोको जीर्णोध्दार कार्य गरी दिएको हाम्रो पार्टी समष्टि अध्यक्ष सञजय लामाले बताएका छन्।

स्थानीय बासिन्दाहरूले बताए अनुसार पहाडको सत्ताधारी पार्टीले चाहे यस्ता जीर्ण बाटोहरूको जीर्णद्वार तुरून्तै गर्न सक्छ तर उनीहरूले अप्पर कमजेटको जीर्ण बाटोको अवस्था देख्दा देख्दै पनि जीर्णोध्दार नगरेको स्थानीय बासिन्दाहरूले बताएका छन्। उनले आरोप लगाउँदै भने, क्षेत्रीय सभासद महिनामा तीन चार पटक यस क्षेत्रमा आउने गर्छन् उनलाई बाटोको जीर्ण अवस्थाबारे पूर्ण जानकारी छ। तरै पनि उनले आजसम्म जीर्णोध्दारको कार्य गरी दिएको छैन। चुनावको अघि धेरै पटक शिलान्यासको कार्यहरू भयो। धेरै नरिवलहरू फुटाए तर बाटोको अवस्था जस्तो तेस्तै छ।पहाडको सत्ता पार्टी अनि क्षेत्रीय सभासदले चाहयो भने बाटोको जीर्णोद्वार गर्न सक्छ तर आजसम्म गरेको छैन। हामीलाई कालो बाटो नै हुनपर्छ भन्ने छैन तर गाडी चलाउँदा असुविधा नहोस। मानिसहरूलाई हिँडन असुविधा नहोस भन्ने हाम्रो चाहना हो स्थानीय बासिन्दाहरूले बताए।बाटोको यस्तो अवस्थाको बारेमा हामीले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष राख्यौं अनि उनले हाम्रो समस्यालाई बुझेर जीर्णद्वारको कार्य शुरू गरी दिएको छ स्थानीय बासिन्दाहरूले बताएका छन।

सामाजिक संजालहरूले पहाडको चारैतिर बाटोहरूको अवस्था जीर्ण रहेको छ तर पनि पहाडको सत्ता दलको नेतृत्वहरूले जीर्णद्वारको कार्य गरेको छैन, जसले गर्दा जनताले हुनसम्मको दुःख पाईरहेको हाम्रो पार्टीको समष्टि अध्यक्ष सञ्जय लामाले बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अप्पर कमजेटको जीर्ण बाटोलाई बलुवा, गिटटी, सिमेट लगाएर बाटोको जीर्णोद्वार गरिएको छ। जीर्णोद्वारको कार्यमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स स्वयम् उपस्थित थिए अनि उनी स्वयमले जीर्णद्वारको कार्यमा सहभागिता जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement