नेपाल आईडलको टप ५ मा पुगेका मोहित भुजेललाई जिताउन खरसाङमा सांगीतिक कार्यक्रम

IMG-20240609-WA0240.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारी निवासी मोहित भुजेललाई नेपाल आईडलको मञ्चमा जिताउन खरसाङमा ईभान फाउण्डेशन र विद्यार्थी संगठन खरसाङ कलेज युनिटको आयोजनामा खरसाङ बजारमा सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल आईडलको टप ५ मा पुगेका मोहित भुजेललाई जिताउन आर्थिक संकलन गर्न ईभान फाउण्डेशन र विद्यार्थी संगठनद्वारा खरसाङको गोर्खे हाट, खरसाङ बजारको हार्ट बजार क्षेत्रमा सांगीतिक कार्यक्रम गरेर अर्थ संकलन गरेका छन्। यसको साथै ईभान फाउण्डेशनद्वारा हार्ट बजार क्षेत्रमा लुगाहरू पनि राखेर जसले जुनै लुगा छानेर लगे पनि आफ्नो खुशीले सहयोग गरिदिने निवेदन गरेका छन्। उक्त सांगीतिक कार्यक्रममा ईभान फाउण्डेशन र विद्यार्थी संगठनको युवाहरूले गीतहरू प्रस्तुत गरेका थिए। यस क्रममा प्रशान्त गुरूङ, टाँसी फिन्चो मोक्तान, शिवम छेत्री लगायत रयापरहरू अमीत थापा, साहिल प्रधान आदिले गीतहरू प्रस्तुत गरेका थिए। युवाहरूले खरसाङको सिविटार चियाबारी निवासी मोहित भुजेललाई नेपाल आईडलको मञ्चमा जिताउन आर्थिक सहयोगको लागि निवेदन पनि गरेका छन्। मोहित भुजेलको लागि आयोजित सांगीतिक कार्यक्रम विषयमा ईभान फाउण्डेशनको तर्फबाट मेघना शर्मा र विद्यार्थी संगठनको पक्षबाट हिमाल खवासले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement