कारगिल एनजीओद्वारा घैयाबारीमा मेधावी विद्यार्थीहरूलाई सम्बर्ध्दना

IMG-20240609-WA0238.jpg

तीनधारे: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको घैयाबारीमा रहेको भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओको आयोजनामा मेधावी विद्यार्थीहरूलाई सम्बर्ध्दना जनाइएको छ। कारगिल एनजीओको आयोजनामा विभिन्न बोर्ड परीक्षाहरूमा उच्च अंक ल्याएर उत्तीर्ण भएका घैयाबारी क्षेत्रको मेधावी विद्यार्थीहरूलाई सम्बर्ध्दना जनाउन एक कार्यक्रम अायोजना गरिएको छ। उक्त कार्यक्रम कारगिल एनजीओका सभापति सुवांग सुब्बाको अध्यक्षता र जयराज थापाको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा अतिथिको रूपमा निलम प्रधान उपस्थित रहेका थिए। कार्यक्रममा सकिला राई, कारगिल एनजीओको उपाध्यक्ष हेमराज गुरुङ, सचिव गणेश तामाङले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा घैयाबारी क्षेत्रका मेधावी सातजना विद्यार्थीहरूलाई सम्बर्ध्दना जनाइएको छ। सातजना विद्यार्थीहरूमा अम्वेषा तामाङ, शेरवानी छेत्री, अदिती छेत्री, विवशना थापा, यलम राई, आयुस राई, निर्भय प्रधान आदिलाई सम्बर्ध्दना जनाइएको छ। सातैजनालाई खदार्पणसहित स्मृति चिन्ह र प्रमाणपत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। उक्त सम्बर्ध्दना कार्यक्रम विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै कारगिल एनजीओको सचिव गणेश तामाङ र मुख्य सल्लाहकार रमेश प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement