उत्तर दिनाजपुरमा रक्तदान शिविरकाे आयोजना

IMG-20240609-WA0148.jpg

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्ला पुलिसको पहलमा इस्लामपुर पुलिस थाना व्यवस्थापनको नेतृत्वमा र महलुमा अस्पतालको सहयोगमा आज इस्लामपुर थाना परिसरमा रक्तदान शिविरको आयोजना गरिएको थियो। महकुमा अस्पतालका प्रमुख सुरज सिन्हाले पलिस उपरीक्षक र आईसीसँग कुरा गरेपछि रक्तदान शिविर आयोजना गरिएको जानकारी दिए। चुनावी माहोल भएकाले विगत दुई महिनादेखि रक्तदान शिविर आयोजना गर्न नसके पनि धेरै पुलिस थानाले अब रक्तदान शिविर आयोजना गर्ने बताएका छन् ।उनले इस्लामपुर ब्लड बैंकमा रहेको रगतको अभावलाई यस शिविरले समाधान गर्ने बताए। उनले गाउँ–गाउँमा बढीभन्दा बढी रक्तदान शिविरको आयोजना गर्नुपर्ने बताए।
बिहार राज्य छिमेकमा भएकाले त्यहाँबाट धेरै बिरामी आउँछन्, तर त्यहाँका कुनै पनि रक्त शिविरबाट यहाँ रगत आउँदैन। त्यसैले समस्या उत्पन्न हुने इस्लामपुर पुलिस थानाका आईसी हिरक विश्वासले रगतदान गर्दा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्ने बताए। चुनावी माहोल भएकाले रक्तदान शिविर आयोजना हुन सकेको छैन। अब चुनाव नभएकाले फेरि रक्तदान शिविर आयोजना गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement