विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड, ६ वटामा क्षति

IMG-20240609-WA0204.jpg

बिराटनगर: महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफो गरेका छन्।

आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको छ। क्याम्पसको गेट नै अगाडि एउटा सरकारी गाडीमा आगजनी गरिएको छ। को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरिएको छ। आगो नियन्त्रणका लागि दमकल बोलाइएको पुलिसले जनाएको छ।

त्यस्तै, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा तोडफोड गरिएको छ। पार्टी प्यालेसमा विद्युत प्राधिकरणको कार्यक्रम थियो। कार्यक्रमका लागि पुगेकाहरुले प्रयोग गरेका विद्युत प्राधिकरणको गाडीहरु तोडफोड गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement