शपथ ग्रहणपछि मुख्यमन्त्री ममता ब्यानर्जी दिल्ली जाने सम्भावना

CM-Mamta-Banerjee-4-copy

कोलकाता: प्रधानमन्त्री नरेन्द्र मोदी र उनको मन्त्री परिषदको शपथ ग्रहण पछि मुख्यमन्त्री ममता ब्यानर्जी दिल्लीको एक दिने भ्रमणमा जाने भएकी छन्। तर, उनको दिल्ली भ्रमणको मिति भने तय भएको छैन। मुख्यमन्त्री ममता ब्यानर्जीले शनिबार आफ्नो निवास कालीघाटमा पार्टीका सांसद र शीर्ष नेतृत्वसँगको बैठकपछि पत्रकारहरूको प्रश्नको जवाफमा उक्त जानकारी दिएकी हुन्। उनले भनिन्, ‘म अहिले दिल्ली जाँदिन, तर मेहाम्रा सांसदहरुको शपथ ग्रहणपछि उनीहरुलाई केही महत्वपूर्ण निर्देशन र सल्लाह दिन एक दिनका लागि दिल्ली जानसक्छु।‘ मुख्यमन्त्रीले आईएनडीआईए गठबन्धनका प्रतिनिधिहरूलाई कोलकातामा बोलाएकी थिइन्। मुख्यमन्त्रीले सबैका लागि ढोका सधैं खुला रहेको बताइन्। उनले भनिन, ‘म आईएनडीआईए गठबन्धनलाई कोलकातामा निम्तो दिन्छु।‘ मुख्यमन्त्री ममता ब्यानर्जीलाई संसदीय समितिको अध्यक्षमा सर्वसम्मतिले मनोनयन गरिएको थियो, जसका लागि उनले सबैलाई धन्यवाद जनाइन्। नाम घोषणासँगै पार्टी उनले संसदको रणनीति पनि तय गरेकी छन्। उनले भनिन्, ‘हामी संसदमा बस्दैनौं। हामी सीएए, एनआरसी खारेजको मागमा आवाज उठाउनेछौं।

हामी हाम्रो बक्यौता तिर्न माग गर्नेछौं, यो पूरा गर्नुपर्छ।‘ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘हामी चाहन्छौं कि राज्यको जे पनि बक्यौता पहिले तिर्नुपर्छ। यस पटक हामीसँग थप बल छ। पार्टीले संसदमा दुई–तीनवटा महत्वपूर्ण काम गर्नुपर्छ। पहिलो कुरा यो हो, डेरेक, डोला, नादिमुल, सागरिका किसान परिवारलाई भेट्न हरियाणा जानेछन्। उनीहरुले दैनिक ज्यालादारीको माग संसदमा उठाउनेछन्। दोस्रो, शेयर बजार कसरी बढ्यो ? दालमा केही कालो पक्कै छ। मतदानको दिन, नतिजाको दिन जे भयो, त्यो ठूलो घोटाला हो। हामी यसबारे छानबिन गर्न माग गर्छौं।‘ भाजपाले राजनीतिक दलहरू तोडेकोमा उनके हमला गरिन्l उनले भनिन्, ;म सबै सांसदहरूलाई आफ्नो पार्टी बलियो बनाउन आग्रह गर्छु। भाजपाले फेरि पार्टी फुटाउने प्रयास शुरु गरेको छ। पार्टी फुटाउनु ठीक होइन भन्ने बुझ्नुपर्छ। यस्तै गरिरह्यो भने आफ्नै पार्टी फुट्छ।‘ उनले यो अलोकतान्त्रिक, गैरकानूनी ढंगले बनेको सरकारलाई बधाई दिन नसक्ने भन्दै माफी चाहेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement