यौन दुर्ब्यबहारको घटना फेरी दोहरियो

IMG-20240609-WA0200.jpg

झापा: सुनसरीकाे इनरुवा नगरपालिका -९ बबिया स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई पाँच वर्ष अघि प्रधानाध्यापक तेजनारायण यादवले यौन दुर्व्यवहार गरेको विषयमा ढाकछोप गरेकोले फेरि साेही घटना अर्को कार्यालय सहयोगीले गरेको आरोप लागेको छ।तत्कालीन अवस्थामा शर्मा थरका छात्रा माथि विद्यालयका प्रधानाध्यापक यादवले आफ्नै कार्यकक्षमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। त्यो बेला शिक्षक र वडा अध्यक्ष सहितको दवावमा पीडित छात्राले माफि दिएको थियो। अभिभावकलाई समेत थाहा जानकारी नदिई यादवले माफी मागेको थियोे फेरि साेहि विधालयमा बिहीबार जुन ६ र शुक्रबार जुन ७ का स ओमप्रकाश यादवले कक्षा ७ कि एक छात्रालाई विहान सबेरै बाेलाएर विधालयमै फरकफरक दिन यौन दुर्व्यवहार गरेको खुलेको छ। विधालय स्राेतका अनुसार प्रारम्भिक अनुसन्धानबाट का स यादवले बलात्कारको प्रयनस गरेको हो। घटनाको दिन प्रअ तेजनारायण यादव र वडा अध्यक्ष बसिरमुदिन मंसुरीले पीडितलाई दवाव दिएर जिल्ला प्रहरी कार्यालयसम्म जान दिएन। १३ वर्षीया बालिकालाई कासलाई कक्षा काेठामै एकलै भएको माैकामा यौन दुरव्यवहार गरेकाे छ। बालिकाले यौन दुरव्यवहार गर्ने क्रममा प्रतिकार पनि गरेको तर यादवले घटना कसैलाई सुनाए आमाबुबालाई समाजमा बदनाम गराइदिने धम्की दिएको थियो।बिहिबार बिहान पढनेसमय अगावै कुचोकाे बहानामा बलात्कारको प्रयास गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement