संन्दीपको भिषा नलाग्नुको कारण बहिरियो

IMG-20240609-WA0013.jpg

काठमांडू: प्राप्तसमाचार स्रोतका अनुसार क्यानले सन्दीपको विषयमा आइसीसीबाट प्राप्त हुने २५ सदस्यीय सुविधा बाहेक सम्बन्धित संघहरुले आफ्नै श्रोतबाट खर्च व्यहोर्ने गरी थप खेलाडी र अफिसियलहरु राष्ट्रिय टोलीमा समावेश गर्न पाउने प्रावधान अनुसार संघबाट खर्च व्यहोर्ने गरी आइसीसीको स्वीकृतीमा राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको उल्लेख छ ।यसबाट के प्रष्ट भएको छ भने क्यानले सन्दीपलाई १५ जनाभित्र नभइ अतिरिक्त खेलाडीको रुपमा समावेश गर्न खोज्दा भिसा नलागेको बुझिएको छ। दूतावासले पहिला नै १५ खेलाडी र १० अफिसियल गरेर २५ जनालाई भिसा दिइसकेको अवस्थामा फेरि सन्दीपलाई किन भिसा दिने भन्ने कुराको औचित्य क्यानले पुष्टि गर्न नसकेको पनि प्रष्ट भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement