फुटबलर प्रीति राईलाई नगदसहित सम्मान

IMG-20240609-WA0088.jpg

बिराटनगर: राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई नगदसहित सम्मानित भएकी छन्। शनिबार जुन ८मा किरात राई यायोक्खा सुनसरीले धारानमा आयोजना गरेको उभौली साकेलाको अवसरमा कार्यक्रममा खेलाडी राईलाई सम्मान गरिएको हो। यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, नगरप्रमुख हर्कराज राई, निवर्तमान नगरप्रमुख तिलक राईलगायतले दोसल्ला ओढाएर एक लाख आठ हजारसहित सम्मानपत्रले उनलाई सम्मान गरे। यसैगरी, खेलाडी राईसँगै अन्य विधाको व्यक्तित्वहरू राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई यायोक्खा सुनसरीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ। प्रीति राई नेपालको राष्ट्रिय महिला फुटबलकी प्रभावशाली खेलाडी भएको भन्दै नगरप्रमुख राईले प्रशंसा गरे। अझै धेरै नेपालको नाम राख्न सफल हुन अग्रिम शुभकामना दिँदै खेलाडीहरूलाई हौसला प्रदान गर्न सरकारले व्यवस्थित गर्न जरुरी रहेको उनले सुनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement