कल्याण समाजद्वारा लोवर चाँदमारीमा पर्यावरण सप्ताह पालन

n6157879961717869869445ec158eb344c23f31cf91ada00021dce1c62786857cb865d98d918cc83990f828.jpg

गान्तोक: लोवर चाँदमारी कल्याण समाजद्वारा आज समाजको सम्पूर्ण सदस्यहरुको सक्रिय सहभागितामा इन्चे सरकारी उच्चतर माध्यमिक विद्यालय परिसरमा वृक्ष र विभिन्न प्रजातिको फूलका बिरुवाहरू रोप्ने कार्य सम्पन्न गरियो।

चाँदमारीको उक्त पन्जिकृत सामाजिक संस्थाले विगत केही वर्षदेखि सक्रियरुपमा विभिन्न सामाजिक कार्यहरु नि:स्वार्थ रुपलले गर्दै आइरहेको बताइएको छ।

अहिलेसम्म उक्त समाजले स्वास्थ्य क्षेत्रमा रक्तदान शिविर, लागुपदार्थ सेवन नियन्त्रणमाथि युवाहरूमा जागरूकता कार्यक्रम साथै स्वास्थ्य सम्बन्धी विशेष जनसाधानमा विभिन्न प्रकारको रोगबारे जानकारी गराउन जागरुकता शिविरहरूको आयोजना, पर्यावरण सम्बन्धमा झोडा-नालाहरुको सर सफाई, गुम्पा-मन्दिरहरुको सर सफाई सम्पन्न गरिसकेको छ। साथै गत वर्षमा सिक्किममा आएको बाढले प्रभावित क्षेत्र सिङतामको आदर्श गाँउमा त्यहाँका पीडित परिवारहरुलाई राहत पुऱ्याउने कार्य गरेको अवगत गराइएको छ।

यस्तै कार्यलाई निरन्तरता दिँदै पर्यावरण संरक्षण गर्न विभिन्न रुख र फूलका विरुवाहरू रोप्नु आवश्यक रहेको कुरालाई ध्यानमा राख्दै लोवर चाँदमारी कल्याण समाजका सदस्यहरुले सो कार्य सम्पन्न गरेका हुन्। यस अवसरमा चाँप, गुराँस, पैँयु, इजिलिया, जेरेनियम, गुलाब, कमलफुल इत्यादि प्रजातिका फूलका बिरुवाहरू रोप्ने कार्य गरियो भने आडु, अम्बक, सुन्तला, नस्पाती जस्ता फलहरूको विरुवा पनि स्कूल परिसरमा रोपेर पर्यावरण सप्ताह पालन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement