गान्तोक: आगामी १० जूनको अपाह्न पाल्जोर स्टेडियममा सम्पन्न हुने मुख्यमन्त्री प्रेम सिंह तामाङ र एसकेएम सरकारको दोस्रो कार्यकालको मन्त्रीमण्डलका सदस्यहरूको शपथ ग्रहण समारोहमा राज्य बाहिरबाट पनि अतिथिहरूको उपस्थिति रहने सम्भावना रहेको छ। अतिथिहरूको सूचीमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहको पनि नाम रहेको छ। तर, अहिलेसम्म यसको आधिकारिक पुष्टि भएको छैन। यसैबीच सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादले भने शपथ ग्रहण समारोहमा सहभागिता जनाउने पक्का भएको छ। सिक्किम सरकारको गृह मन्त्रालयले यसको पुष्टि गरेको छ।
उल्लेखनीय पूर्व राज्यपाल गंगा प्रसादले नै मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पहिलो कार्यकालमा शपथ ग्रहण गराएका थिए।








