मेरो रूख मेरो सन्तति माथि सचेतना गराउन स्किट प्रदर्शन

IMG-20240608-WA0261.jpg

गान्तोक: राज्यको वन तथा वातावरण विभागअन्तर्गतको गेजिङ जिल्ला (टी) डिभिजनले हिजो योक्सममा ‘मेरो रुख मेरो सन्तति’ (एमआरएमएस)माथि सचेतना जगाउने उद्देश्य लिएर स्किट प्रदर्शनको आयोजना गऱ्यो।मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) द्वारा गरिएको परिकल्पना कार्यक्रम,राज्यमा प्रत्येक नानी जन्मेपछि विरूवा रोप्नुको महत्त्वलाई उजागर गर्ने उद्देश्य राखिएको छ। यस पहलमा सिक्किममा प्रत्येक नवजात बच्चाको लागि १०८ बिरुवा रोपिएको छ, समुदायको नेतृत्वमा वन्यकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा गेजिङ जिल्लाका जिल्ला अध्यक्ष डीएस लिम्बू रहेका थिए भने विशिष्ट अतिथिहरूमा महकुमा अधिकारी योगेन स्याङदन, पञ्चायत उपाध्यक्ष कार्जाङ भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। मुख्य अतिथि सुब्बाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कलाकारहरूद्वारा गरिएको प्रयासको प्रशंसा गर्दै त्यस्ता हरित पहलहरूको विश्वव्यापी महत्त्वमा जोड दिए। उनले पञ्चायत, जनप्रतिनिधि र जनतालाई एमआरएमएस पहललाई अंगाल्न आह्वान गरे र यसलाई वातावरण संरक्षणको लागि व्यापक आन्दोलनमा परिणत गर्नुपर्ने आग्रह गरे। सुब्बाले विश्वव्यापी वातावरणीय चुनौतिहरूलाई सम्बोधन गर्ने सम्भावनालाई जोड दिँदै पहलको लागि निरन्तर सहयोगको आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement