शपथ ग्रहण कार्यक्रमको तयारी युद्धस्तरमा

IMG-20240608-WA0260.jpg

प्रेम सिंह तामाङले दोस्रो पल्ट मुख्यमन्त्रीको शपथ ग्रहण गर्ने

गान्तोक: गत १९ अप्रेलमा सम्पन्न भएको सिक्किम विधानसभा चुनाउमा विपुल मतले विजयीपछि मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा रहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको दोस्रो कार्यकालको निम्ति आगामी १० जुलाईमा सम्पन्न हुने शपथ ग्रहण कार्यक्रमको तयारी राजधानीस्थित पाल्जर स्टेडियममा द्रुत गतिमा सम्पन्न भइरहेको छ। सिक्किम सरकारको गृह विभाग लगायत अन्य विभागहरू शपथ ग्रहण कार्यक्रम तयारीको निम्ति जुटेका छन्। यससँगै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका नेतृत्वहरूले पनि निरन्तर रुपमा कार्यक्रमस्थलको स्थलगत भ्रमण गरेर तयारीबारे जायजा लिइरहेका छन्।

११औं विधानसभा अनि १८औं लोकसभामा भारी मतले विजयपछि जनताको चासो बिच हिजो बसेको विधायक दलको बैठकले आगामी १० जुलाईको दिन पाल्जर स्टेडियममा शपथ ग्रहण समारोह आयोजन गर्ने तय गरेको हो। यो शपथ ग्रहणमा राज्यका सबै समष्टिका जनतालाई निमन्त्रणा गरिएको छ। शपथ ग्रहण कार्यक्रम साँझ ४ बजीदेखि हुने तय भएको हुँदा सबैलाई २ बजीभित्र प्रवेश भइसक्ने आग्रह गरिएको छ। योसँगै उक्त दिन राजधानीमा भारी मात्रमा जनताको उपस्थिति रहनेहुँदा यातायातको असुविधालाई ध्यानमा राखेर गान्तोक नगरनिगम भित्र पर्ने सबै सरकारी अनि गैर सरकारी शैक्षक संस्थानहरू बन्द रहने शिक्षा विभागले एउटा अधिसूचना जारी गर्दै सूचित गरेको छ।

जानकारी गराइन्छ, शपथ ग्रहण समारोह यो अघि ९ जुनमा सम्पन्न हुने निश्चित थियो तर उक्त दिन देशको प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दिल्लीमा तेस्रो कार्यकालको निम्ति शपथ ग्रहण गर्ने कार्यक्रम रहेको हुँदा उक्त दिन मुख्यमन्त्री पीएस गोलेले उक्त कार्यक्रममा भाग लिने भएको हुँदा १० जुनमा यहाँको कार्यक्रम सारिएको हो। राजधानी दिल्लीको कार्यक्रमछि यहाँ राज्यको कार्यक्रम भव्यताको साथ सम्पन्न हुनेछ। यो कार्यक्रममा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो उपस्थिति दिने हल्ला चारैतिर फैलिए पनि अहिले सिक्किम सरकारको तर्फबाट कुनै आधिकारिक वयान आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement