कोपेनहेगनको सडकमा डेनमार्ककी प्रधानमन्त्रीमाथि हमला

Denmark-PM

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा हमला भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए। हमलाकारी पक्राउ परेका छन्। डेनमार्कको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस घटनाको विवरण दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले हमला गरेको थियो। आक्रमणकारी पक्राउ परेका छन्। यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छन्।’ हमलामाथि सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement