आगलागीको घटनामा हजारौ रुपियाँकाे नरिवलको बोक्रा जल्यो

IMG-20240608-WA0183.jpg

मालदा: घरमा राखिएको नरिवलको बोक्रामा आगलागी हुँदा हजारौं रुपियाँ बराबरको नरिवलको बोक्रा जलेर खरानी भएको छ। आगलागीबाट लाखौं रुपियाँ मूल्यको नरिवल र नरिवलको भुसी जलेर खरानी भएको छ। घटना शुक्रबार राति साहापुर क्षेत्रको पुरानो माल्दाको चार कादिरपुर क्षेत्रमा भएको हो। स्थानीयवासी तथा पेशाले नरिवल व्यवसायी घनश्याम मण्डलको घरमा गएराति अचानक आगलागी भएको बताइएको छ। सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। आगलागीबाट घरायसी सामानमा कुनै क्षति नभए पनि लाखौं रुपियाँको नरिवल र नरिवलको भुसी जलेर नष्ट भएको छ। दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement