स्वतन्त्रता दिवसमा ‘पुष्पा २’ र ‘वेदा’ भिड्दै

Pushpa-and-Vedaa

काठमाडौं: साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएको थियो। यो फिल्मले कमाईको सारा रेकर्ड तोड्यो। यो फिल्मका दर्शकहरु यसको सिक्वेलको व्यग्र प्रतीक्षामा छन्। अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको १५ अगस्तमा रिलिज हुँदैछ। यही मितिमा अभिनेता जोन अब्राहमको फिल्म ‘वेदा’ पनि रिलिज हुँदैछ। बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत १५ अगस्तका दिन अल्लूको ‘पुष्पा २’ र जोनको ‘वेदा’ रिलिज हुने जानकारी दिएका छन्। ‘जोन अब्राहम, निखिल आडवाणी र जी स्टुडियोको फिल्म ‘वेदा’ १५ अगस्तमा स्वतन्त्रता दिवसको दिन ठूलो पर्दामा रिलज हुने। ‘बाटला हाउस’ र ‘सत्यमेव ज्यते’ पछि जोन अब्राहम र निखिल आडवाणीको यो तेस्रो फिल्म हो। जुन फिल्म स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज हुँदैछ’, तरणले ट्वीट गरेका छन्। यो फिल्ममा शर्वरी, अभिषेक बेनर्जी र तमन्ना भाटियाको पनि अभिनय छ। स्वतन्त्रता दिवसकै दिन रिलिज हुने ‘पुष्पा २’सँग ‘वेदा’को भीडन्त कस्तो होला भनेर दर्शकहरु उत्साहित छन्। अधिकांशले ‘पुष्पा’को सफलतापछि ‘पुष्पा २’ले नयाँ सफलताको बाटो कोर्ने अनुमान लगाएका छन्।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement