गोरुबथानमा निर्माण हुने आईटी पार्क

IMG-20240608-WA0215.jpg

कालेबुङ: गोरुबथानमा निर्माण हुने आईटी पार्कको निम्ति कलकत्ताको एक विशेषज्ञ टोलीले स्थलगत भ्रमण गरेर निरीक्षण गरेको छ। जिटीए प्रमुख कार्यपाल अनित थापाले यस नयाँ पहलमाथि भने, “खरसाङपछि गोरुबथान जीटीए क्षेत्रको अघिल्लो आईटी हब बनाउने हाम्रो परिकल्पना अब पूरा हुनेछ। युगको डिमाण्ड अनुसार हामीले पनि क्षेत्रको विकासको परिकल्पना गरेका हौं। बेरोजगारको समस्या, युवा पलायन अनि आर्थिक बिकासलाई यस आई टी पार्कले केही हदसम्म सम्बोधन गर्नेछ।”
आईटी पार्क स्थापनाको निम्ति टीमले गोरूबथान अनि कुमाई मिलाएर ३ वटा स्थलको भ्रमण गर्यो। गोरूबथान पेट्रोल पम्प नजिकमा चिन्हित गरिएको स्थल नै सबैले रुचाए अनि आईटी पार्कको निम्ति उचित स्थान रहेको सभासद रतन थापाले बताए। उनले भने कि आई टी पार्क स्थापना अनित थापाको पहल हो। उनकै निर्देश अनुसार आज स्थलगत भ्रमण भएको हो।
भ्रमण टोलीले रिपोर्ट तयार गरे पश्चात आई टी पार्कको अघिल्लो चरणको कार्य सुरु हुनेछ।
भ्रमण टोलीमा कलकत्ताबाट वेबलका म्यानेजिङ डाइरेक्टर संजय कुमार दास अनि जीटीएका ईडी तोप्देन भोटिया मुख्य थिए। टोलीलाई गोरुबथानमा गोरुबथान पंचायत समिति सभापति सूर्यमणि राई, ४३ नम्बर समष्टि कार्यकारी सभासद् रतन थापाले चिन्हित ठाउँहरू परिभ्रमण गराए। यस अवसरमा जीटीए पर्यटन विभागका कार्यकारी सभासद अमर छेत्री, बीडीओ, बीएलएलआरओ गोरुबथान, पंचायत समिति कर्माध्यक्ष शिशिर प्रधान, भोटु दर्नाल, कुमार थापा, सोनाम लेप्चा, पंचायत प्रधान निमा तामाङ आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement