भारतीय गोर्खा परिसंघ खरसाङद्वारा स्वतन्त्रता सेनानीप्रथम गोर्खा शहीद सुबेदार निरञ्जन सिंह छेत्रीको १३३ औं बलिदान दिवस पालन

IMG-20240608-WA0196.jpg

खरसाङ: भारतीय गोर्खा परिसंघ, खरसाङद्वारा आज भारतीय स्वतन्त्रता संग्राममा आफ्नो प्राणको बलिदान दिनुहुने प्रथम गोर्खा शहीद सुबेदार निरञ्जन सिंह छेत्रीको १३३औं बलिदान दिवस पालन गरियो। परिसंघ खरसाङका अध्यक्ष सहदेव चामलिङकाे अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथिक रूपमा वरिष्ठ नाट्यकर्मी बिनोद प्रकाश शर्मा उपस्थित थिए। शहीद छेत्रीको तस्वीरमा माल्यार्पण गरेर शुरू भएको कार्यक्रममा आई एन शर्माले निरञ्जन सिंह छेत्रीको संक्षिप्त जीवनी सुनाए। त्यसै गरी सामाजिक कार्यकर्ता दीपक ठटालले शहीद निरञ्जन छेत्रीको परिचयसहित उनको बलिदानबारे प्रकाश पार्दै आजको स्थितिमा सरकारकाे गोर्खा जातिप्रतिको उदासीन मनोवृत्तिप्रति खेद प्रकट गर्दै गोर्खा जातिले स्वतन्त्रता संग्रामसँगसँगै स्वाधीन देशको रक्षा अनि उत्थानमा यथेष्ट योगदान दिए तापनि हाम्रोे स्थिति दिनदिनै दयनीय बन्दै गएको अनि एउटा अराजनैतिक संस्थाको हैसियतमा भागोपले आगामी दिनहरुमा विविध कार्यक्रम गरी विशेष युवावर्गमा जागरूकता ल्याउनपर्ने आवश्यकता रहेको बताए। प्रमुख अतिथि बिनोद प्रकाश शर्माले आगामी दिनमा भागोपले असल अनि अनुदारणीय कार्य गर्ने कुरामा आफू विश्वस्त रहेको बताए। कार्यक्रममा खरसाङ क्षेत्रका वरिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement