रोहिणीको टोल प्लाजा परिसरमा मैला फ्याँक्दै गरेको पिक अप म्यान फेरि पक्राउ

IMG-20240608-WA0186.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको रोहिणी टोल प्लाजा परिसरमा मैला फ्याँक्दै गरेको फेरि अर्को पिक अप म्यानलाई पक्राउ गरिएको छ। घैयाबारी ग्राम पञ्चायत तीनद्वारा रोहिणीको टोल प्लाजा परिसरमा सर सफाई गरेर यहाँ मैला फ्याँक्नलाई निषेध गरिएको छ। यहाँ कसैले मैला फ्याँकेको पाइए पञ्चायतद्वारा पक्राउ गरेर जरिमाना लगाईरहेको छ। उक्त क्षेत्रमा केही दिन अघि मैला फ्याँक्दै गरेको पिक अप म्यानलाई पञ्चायतद्वारा पक्राउ गरेर पाँच हजारको जरिमाना तिराएका थिए भने यसको केही दिन नबित्दै फेरि अर्को पिक अप म्यानलाई मैला फ्याँक्दै गरेको देखेर पक्राउ गरिएको छ। रोहिणीको टोल प्लाजा परिसरमा घैयाबारी ग्राम पञ्चायत तीनद्वारा लगातार सर सफाई गरेर यहाँ मैला फ्याँक्न निषेध गरिएको छ। यहाँ मैला फ्याँक्दै गरेको पिक अप घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, पञ्चायत समिति सदस्य वाङ्दी लामा, पञ्चायत सदस्यहरू उमेश थापा, अनिल तामाङ, मिट्ठु लामा राई, चन्दना तामाङ, अरूणा योञ्जन लगायत पञ्चायत सचिव उदय कार्की साथै गाडीधुरा पुलिस आउट पोष्टको पुलिस अधिकारीहरू उपस्थित रहेका थिए।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले केही दिन अघि मात्र एउटा पिक अप म्यानलाई पञ्चायतद्वारा पक्राउ गरेर पाँच हजारको जरिमाना तिराएको थियो भने आज पनि दार्जीलिङबाट मैला ल्याएर फ्याँक्दै गरेको सिलगढीको चम्पासरीको पिक अप म्यानलाई पक्राउ गरेर पाँच हजारको जरिमाना तिराएको जानकारी गराएका छन्। उनले यस क्षेत्रमा जसले पनि मैला फ्याँक्दै गरेको भेेट्टाइन्छ पक्राउ गरेर पञ्चायत नियम अनुसार पाँच हजारको जरिमाना तिराउने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement