कालेबुङका ८ जना कराते खेलाड़ी नयाँ दिल्ली प्रस्थान

IMG-20220811-WA0011.jpg

१० अगस्तः नयाँ दिल्लीमा हुने १६औं अल इण्डिया इण्डिपेण्डेन्स कप कराते च्याम्पियनशीप २०२२-मा हिस्सा लिन कालेबुङका ८ जना कराते खेलाड़ीले आज प्रस्थान गरे। च्याम्पियनशीपको आयोजन १३ र १४ अगस्तको दिन नयाँ दिल्लीमा हुनेछ। सेन्सी सुशन थापाको प्रशिक्षणमा रहने सुशन्स कराते-डो-एकाडमीका यी ८ जना खेलाड़ीहरूले दार्जीलिङ गोर्खा कराते-डो एसोसिएशनको ब्यानरअन्तर्गत जीटीए कराते टीमको प्रतिनिधित्व गर्नेछन्। यी ८ जना खेलाड़ीहरूमा अमिमेश राई (१४-१५ वर्ष), प्रियदर्शन थापा (१४-१५ वर्ष), रिन्छेन लामा (१६-१७ वर्ष), प्रणाम खालिंग (१३ वर्षभन्दा कम्ती बोइज), प्रभाकर छेत्री (१३ वर्षभन्दा कम्ती बोइज), अयुषा गुरुङ (१३ वर्षभन्दा कम्ती गर्ल्स), अमिश फेन्शा (जूनियर बोइज) र बिपिन विश्वकर्मा (जूनियर बोइज) सामेल छन्। आज यी सबै खेलाड़ीहरूलाई कालेबुङ स्पोर्ट्स एसोसिएशन (केएसए)-को तर्फबाट मेला ग्राउण्डमा सम्बर्द्धना जनाइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *