पति र पत्नी लागूऔषधको साथमा गिरफ्तार

IMG-20240608-WA0148.jpg

सिलगढी: सिलगढी डिभिजनको खोरीबारीको पानीट्याङ्की नजिकैको गोन्डगोल जोत क्षेत्रमा राष्ट्रिय राजमार्गको एक घरमा छापा मारेर श्रीमान्-श्रीमतीलाई लागूऔषधसहित पक्राउ गरिएको छ। खोरीबारीको पानीटङ्की थानाको पुलिसले खुफियाको आधारमा हिजो छापा मारेर २२ ग्राम ब्राउन सुगर, १४ बोतल प्रतिबन्धित कफ सिरप र करिब १ लाख १३ हजार रुपियाँ बरामद गरेको हो। पक्राउ पर्नेमा नीलकण्ठ बर्मन र रञ्जना बर्मन रहेको पुलिस स्रोतले जनाएको छ।

दुवैलाई खोरीबारी पुलिस थाना लगिएको छ। उनलाई आज सिलगढी डिभिजन अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement