बाबुको हत्याको आरोपमा छोरा पक्राउ

IMG-20240608-WA0145-1

कोचबिहार: छोराले आफ्नो मात्ने पितालाई हत्या गरेको आरोप छ। घटना आन्ध्रन फूलबारी नम्बर १ ग्राम पञ्चायतको तुफानगञ्ज ब्लक–१ को उल्लार खवा घाट नयेश्वरी क्षेत्रमा भएको हो। घटनापछि सोए क्षेत्रमा सनसनी मच्चिएको छ। स्थानीय स्रोतका अनुसार गए राति करिब ९ बजे बजारबाट घर फर्किने क्रममा ७० वर्षीय अभिराम दासका कान्छा छोरा लक्ष्मण दासले बाबुको हत्या गरेका हुन्। अभिराम दासका जेठा छोरा रामचन्द्र दास घर फर्किएपछि कोठामा रगत लतपतिएको अवस्थामा बाबुको शव र लक्ष्मण दास भान्साको बालकनीमा बञ्चरो लिएर बसेको देखे। रामचन्द्र दास घरभित्र पसेपछि लक्ष्मण दासले उनलाई पनि आक्रमण गर्न खोजे। पछि स्थानीयले उनलाई पक्रेर बाँधेर पुलिसलाई खबर गरे। घटनास्थलमा पुगेको पुलिसले लक्ष्मण दासलाई पक्राउ गरी शव बरामद गरेको समाचार।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement