दिल्ली एफसी र मिनर्वा एकाडमीको निम्ति ट्रायल

IMG-20240608-WA0161.jpg

सिलगढ़ी: फूटबल खेलमा करियर बनाउन अनि शीर्ष स्तरमा आफ्नो कौशल देखाउ चाहने खेलाड़ीहरूका निम्ति सिलगढ़ी युनाइटेड फूटबल क्लबले सुनौलो मौका ल्याएको छ। आउँदो १७, १८ र १९ जूनको दिन सुकना हाई स्कूल मैदानमा दिल्ली एफसी र मिनर्वा एकाडमीको निम्ति ट्रायलको आयोजन गरिनेछ। सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको विशेष सहयोगमा हुने यस तीनदिने ट्रायलको शुरुवात १७ जूनदेखि हुनेछ। यसमा १७ र १८ जूनमा मिनर्वा एफसी-को फूटबल एकाडमीको निम्ति ट्रायल आयोजन गरिनेछ। मिनर्वा एकाडमीको ट्रायलमा २००८-देखि २०१६-बीच जन्मिएका खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। यसरी दिल्ली फूटबल क्लबको निम्ति खेलाड़ीहरूका ट्रायल १९ जूनमा हुनेछ। आई-लीगमा हिस्सा लिने मौका प्रदान गर्ने यस ट्रायलमा २००७-पछि जन्मिएका सीनियर खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। अधिक जानकारीको निम्ति पोस्टरमा उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिनेछ। यसबाहेक क्यूआर कोड स्क्यान गरी रेजिस्ट्रेशन गर्न सकिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement