डलास: आईसीसी टी२० वर्ल्ड कपमा श्रीलंका लगातार दोस्रो हारको सम्मुखीन भयो। शनिवार बिहान खेलिएको ग्रुप डी-को चरम रोमाञ्चक म्याचमा श्रीलंकालाई बंग्लादेशले २ विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर केवल १२४ रन बनाउन सक्यो। जवाफमा बंग्लादेशले १९ ओभरमा ८ विकेट गुमाएर १२५ रनको लक्ष्यलाई हासिल गऱ्यो।म्याचमा पहिला ब्याटिंग गर्ने श्रीलंकाई टीमबाट ओपनर पाथुम निशंकाले सर्वाधिक ४७ रन बनाए। उनले २८ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक धनञ्जय डी सिल्वाले २१, चरिथ असलंकाले १९ र एञ्जेलो म्याथ्यूजले १६ रन बनाए। श्रीलंकाई ब्याटिंग लाइनअप्-मा सबैले असल शुरुवात गरे पनि कसैले अर्द्धशतक बनाउन सकेनन्। बंग्लादेशका बलरहरूमा मुस्ताफिजुर रहमान र राशिद होसेनले ३-३ विकेट लिए। त्यसपछि बंग्लादेशको पनि शुरुवात खराब रह्यो अनि केवल २८ रनमा ३ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट तौहिद हृदोय र लिटन दासले चौथो विकेटको निम्ति ६३ रनको पार्टनरशीप गरी लड़ाइँ जारी राखे। तौहिदले ४ वटा छक्का र एउटा चौकाको साथ २० बलमा ४० रन बनाए। यसरी लिटनले ३६ रनको योगदान दिए। यी दुई आउट भएपछि श्रीलंकाई बलरहरूले लगातार विकेट हासिल गरी म्याचलाई बचाउने प्रयास गरे तर महमुदुल्लाहले धैर्यको साथ खेल्दै अविजित १६ रन बनाएर बंग्लादेशलाई रोमाञ्चक जीत दिलाए।









