आईसीसी टी२० वर्ल्ड कपः न्यूजील्याण्ड ७५ रनमा अलआउट, अफगानिस्तान ग्रुपको शीर्षमा

IMG-20240608-WA0120.jpg

गुयाना: आफ्नो शक्तिशाली बलिंग आक्रमणको सहायताले आईसीसी टी२० वर्ल्ड कपमा अफगानिस्तानले लगातार दोस्रो जीत हासिल गऱ्यो। शनिवार बिहान खेलिएको ग्रुप सी-को म्याचमा अफगानिस्तानले शक्तिशाली न्यूजील्याण्डलाई ८४ रनले पराजित गऱ्यो। यस जीतको साथै अफगानिस्तान २ वटा म्याचमा ४ पोइण्ट्सको साथ ग्रुपको शीर्ष स्थानमा पुग्यो। आज प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रनको चुनौतीपूर्ण स्कोर बनायो। जवाफमा न्यूजील्याण्डको टीम १५.२ ओभरमा केवल ७५ रन बनाएर अलआउट भयो। अफगानिस्तानको तर्फबाट फजलहक फारूकी र कप्तान राशिद खानले मिलेर न्यूजील्याण्डको ब्याटिंग लाइनअप् -लाई ध्वस्त पारे। केवल ४३ रनमा शीर्ष ६ विकेटको पतनपछि न्यूजील्याण्डले म्याच बचाउन सकेन। कीवि टीमबाट केवल दुईजनाले १० भन्दा अधिकको स्कोर गरे, जसमा ग्लेन फिलिप्सले १८ र मेट हेनरीले १२ रन बनाए। युगाण्डा विरुद्ध म्याचमा ५ विकेट लिने फारूकी आज पनि ४ विकेट हासिल गरी विपक्षी टीमको शीर्ष क्रमलाई माटोमा मिलाए। उनले कप्तान राशिदबाट असल साथ पाए। राशिदले पनि ४ विकेट लिए जबकि अन्य २ वटा विकेट मोहम्मद नबीको नाममा रह्यो। यसअघि अफगानिस्तानबाट ओपनर रहमानुल्लाह गुरबाजले लगातार दोस्रो अर्द्धशतक बनाए। गुरबाजले ५६ बल खेलेर ५ वटा छक्का र ५ वटा चौकाको साथ सर्वाधिक ८० रन बनाए। उनले इब्राहिम जादरानसँग मिलेर पहिलो विकेटको निम्ति १४.३ ओभरमा १०३ रनको पार्टनरशीप गरे। यी दुईले युगाण्डा विरुद्ध पनि पहिलो विकेटको निम्ति शतकीय पार्टनरशीप गरेका थिए। जादरानले ४१ बलमा ३ वटा चौका र २ वटा छक्काको साथ ४४ रन बनाए। गत म्याचमा झैं गुरबाज र जादरान आउट भएपछि अफगानिस्तानले अन्तिम ओभरहरूमा लगातार विकेट गुमायो। अजमतुल्लाह ओमारजाईले २२ रनको योगदान दिए। न्यूजील्याण्डका बलरहरूमा ट्रेण्ट बोल्ट र मेट हेनरीले २-२ विकेट लिए। गुरबाजलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement