पेरिस: स्पेनका युवा खेलाड़ी कार्लोस अल्काराजले आफ्नो असाधारण प्रदर्शनको क्रम जारी राख्दै इटलीका जानिक सिनरलाई पराजित गरी पहिलोपल्ट सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनको फाइनलमा स्थान बनाए। यसको साथै अल्काराज तीनैवटा सतहमा ग्राण्ड स्ल्याम फाइनलमा पुग्ने सबैभन्दा युवा खेलाड़ी पनि बने। अल्काराजले २०२२-मा हार्ड कोर्टमा यूएस ओपन र २०२३-मा ग्रास कोर्टमा विम्बल्डनको खिताब जितेका थिए अनि अब रोलां ग्यारोको क्ले कोर्टमा च्याम्पियनशीपको निम्ति खेल्नेछन्। विश्वका तेस्रो नम्बरका खेलाड़ी अल्काराजले दोस्रो वरीयता प्राप्त सिनरलाई पाँच सेटमा २-६, ६-३, ३-६, ६-४, ६-३-ले पराजित गरे। अब आइवार खेलिने पुरुष एकलको फाइनलमा अल्काराजको भिड़न्त जर्मनीका अलेक्जेण्डर ज्वेरेवसँग हुनेछ। विश्वका चौथो नम्बरका खेलाड़ी ज्वेरेवले अन्य एउटा सेमिफाइनलमा कास्पर रुडलाई २-६, ६-२, ६-४, ६-२-ले पराजित गरे। म्याच २ घण्टा ३५ मिनटसम्म चल्यो। अल्काराज झैं ज्वेरेवले पनि आफ्नो करियरमा पहिलोपल्ट फ्रेञ्च ओपनको फाइनलमा स्थान बनाए। यसअघि उनी २०२१-मा स्टेफानोस सितसिपास, २०२२-मा रफायल नडाल र २०२३-मा रुड विरुद्ध सेमिफाइनलमा हारेका थिए। नर्वेका खेलाड़ीले रुड विरुद्ध पहिलो सेट गुमाएपछि ज्वेरेवले असाधारण पुनरागमन गरे पनि म्याचको रहल समयमा प्रतिद्वन्द्वीलाई कुनै मौका दिएनन्। यसरी जनवरीमा अष्ट्रेलियन ओपनको खिताब जित्ने सिनर २०२४-मा ग्राण्ड स्ल्याममा १३-०-को रेकर्ड लिएर सेमिफाइनल खेल्न ओर्लिएका थिए। अल्काराज विरुद्ध हारको सम्मुखीन भए पनि सिनर आउँदो हप्ता जारी हुने एटीपी ऱ्याङकिंगमा पहिलोपल्ट शीर्ष स्थानमा पुग्नेछन्।








