न्यूयोर्क: आईसीसी टी२० वर्ल्ड कप अनि विशेषगरी टुर्नामेण्टको ग्रुप ए-मा उलटफेरको क्रम जारी रह्यो। शुक्रवार राति खेलिएको म्याचमा कनाडाले आयरल्याण्डलाई १२ रनले पराजित गरी सबैलाई चकित बनायो। नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको यस म्याचमा कनाडाले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो। जवाफमा आयरल्याण्डले ७ विकेटमा १२५ रन मात्र बनाउन सक्यो। यसै ग्रुपमा यसअघि अमेरिकाले पनि पाकिस्तानलाई पराजित गरी ठूलो उलटफेर गरेको थियो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने कनाडाबाट निकोलस किर्टोनले ३५ बलमा ३ वटा चौका र २ वटा छक्काको साथ सर्वाधिक ४९ रन बनाए। यसबाहेक विकेटकीपर ब्याटर श्रेयस मोव्वाले ३७ रनको योगदान दिए। एक समय ५३ रनमै ४ विकेटको पतनपछि किर्टोन र श्रेयसबीच पाँचौं विकेटको निम्ति ७५ रनको पार्टनरशीपको गर्दा कनाडा सम्मानजनक स्कोरसम्म पुग्न सक्यो। आयरल्याण्डका बलरहरूमा क्रेग यंग र बेरी म्याकार्थीले २-२ विकेट लिए। जवाफमा आयरल्याण्डको पनि शुरुवात खराब रह्यो अनि ५९ रनमा ६ विकेटको पतनपछि टीमले म्याचलाई नियन्त्रणमा राख्न सकेन। अन्तिम ओभरहरूमा गेरेथ डीलेनीले अविजित ३० र मार्क अडेरले ३४ रन बनाएर प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। कनाडाका बलरहरूमा जेरेनी गोर्डन र डिलोन हेलिगरले २-२ विकेट लिए।








