सुन्दरहरैचाबाट क्लिनिक सञ्चालक सहित दुई लागूऔसध कारोबारी पक्राउ

IMG-20240608-WA0023.jpg

बिराटनगर: मोरङबाट दुई जना लागुऔसध कारोबारीलाई पुलिसले नियन्त्रणमा लिएको छ। मोरङको सुन्दरहरैचा १२ बाट बेलबारी नगरपालिका २ बस्ने २५ बर्षका दाबुद मोहमद र भारत कलकत्ता घर भएका नयन बिश्वासलाई पक्राउ गरिएको छ। लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका पुलिस कार्यालय बेलबारी र पुलिस चौकी विराटचोकको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। मोहमदलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको कालो जिन्स पेन्टको गोजीभित्र १० रुपैयाको नोट लुकाई राखेको अवस्थामा स-साना ३ वटा प्लास्टिकमा पोका ०.२६ ग्राम (दुई सय मिलिग्राम) लागूऔसध जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको इलाका पुलिस कार्यालय बेलबारीका इन्स्पेक्टर तेज बहादुर दाहालले जानकारी दिए। उनलाई सोधपुछ गर्दा उक्त लागुऔसध बिश्वास उपचार क्लिनिक सञ्चालक भारत कलकत्ता घर भएका नयन बिश्वाससँग खरिद गरी ल्याएको बताएपछि उक्त क्लिनिकबाट कालो प्लास्टिकमा पोका पारी लुकाई राखेको ब्राउन सुगर ०.८५ ग्राम (८५० मिलिग्राम) फेला परी दुई जनाकै मुचुल्का बनाई दुवै जनालाई नियन्त्रणमा लिईएको र इलाका पुलिस कार्यालयमा राखिएको इन्स्पेक्टर दाहालले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement