सुनसरीमा राष्ट्रिय परिचयपत्रले जेष्ठ नागरिकलाई सास्ती

IMG-20240608-WA0024.jpg

सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गर्दा रातीबाटै प्रशासन गेटमा लाइन बस्न बाध्य भए

झापा: आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जेष्ठ नागरिक सास्तीमा परेका छन्। भत्ता नपाइने डरले राष्ट्रिय परिचयपत्र बनाउन एकाबिहानै प्रशासन कार्यालय पुग्नु पर्ने बाध्यताका कारण जेष्ठ नागरिक धप मार्कामा परेका छन। राहदानी बनाउन र नविकरणका लागि अनिवार्य रहेको राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा भत्तामा समेत लागु गरिने भएपछि त्यसको प्रत्यक्ष मार जेष्ठ नागरिकले भोग्नु परेको छ। राष्ट्रिय परिचयपत्र बनाउनेको भीड यसैपनि प्रशासनमा बाक्लो हुने गर्छ। सुनसरी प्रशासनको हकमा दैनिक १ सय ३० वटासम्म टोकन बाँडेर सेवा दिने गरिएको छ। परिचयपत्र लिन चाहनेको भीडमा बाध्यतामा परी सेवा लिन पुग्ने जेष्ठ नागरिकहरु पालो नपाउने, टोकन लिन नसक्दा दिनहुँजसो कार्यालय धाउनु पर्ने र लामो समय उभिएर पालो पर्खनु पर्ने जस्ता समस्याबाट गुज्रिन बाध्य छन ।राष्ट्रिय परिचयपत्र बनाउन समेत समय लाग्ने हुँदा पालो समेत निकै पर्खनु पर्ने हुन्छ। जसका कारण असहाय, अशक्त र बिरामी वृद्धवृद्धा बढी मारमा परेका छन। जसलाई जेष्ठ नागरिकहरुले सेवा लिन धाउदा असहज भएको प्रतिकृया दिएका छन। छोटो समय दिएर एक्कासी लागु गरिएको सरकारी नियम अव्यवहारिक रहेको उनीहरुको बुझाई छ ।इटहरी घर भएकी वृद्धा लक्ष्मी खतिवडाले भनिन्, ‘टोकन बिहानै सकिदो रैछ। हामी बुढाबुढी रातीनै आउन सक्दैनौ। छोराछोरी आआफ्ना काममा हुन्छन। एक्लै कसरी रातीनै आएर लाइन लाग्नु अनि फोटो खिचाउनु। समस्या भो। वडामै सेवा दिने व्यवस्था मिलाइदिनु प¥यो। ’जेष्ठ नागरिक (६८ वर्ष माथिका) अधिकांश कुनै न कुनै शारीरिक अस्वस्थता र अशक्तता बाट गुज्रिने गरेको यथार्थ बुझेको प्रशासन कार्यालय वृद्धवृद्धाको गुनासो समाधानमा भने असमर्थ देखिएको छ। प्रशासन कर्मचारी सरकारको निर्देशन बमोजिम काम गर्नु पर्ने बाध्यता रहेको बताउँछन्।

राष्ट्रिय परिचयपत्र बनाउन यसअघि बाट नै पर्याप्त स्रोत र जनशक्ति अभाव रहेको उनीहरुको भनाई छ।सामाजिक सुरक्षा भत्ता र पेन्सनका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रले लोड बढाएको बताउने सुनसरी प्रशासन स्रोत साधनको अभावमा सेवालाई सहज बनाउन र विस्तार गर्न सकिने अवस्थामा नरहेको जनाउँछ। प्रशासनले सेवा लिन आउने जेष्ठ नागरिक, अपाङ्ग, असहाय र अशक्त लगायतका लाभग्राहीको हकमा प्राथमिकतामा राखी राष्ट्रिय परिचयपत्र बनाइदिने काम गरिदिने गरेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement