गछियामा मोटरसाइकल दुएघटना हुँदा तीनजना घाइते

IMG-20240608-WA0042.jpg

बिराटनगर: मोरङको सुन्दरहरैंचा नगरपालिकामा जुन ७ शुक्रबार साझ दुईवटा मोटरसाइकल एकआपसमा र्हक्कर खादा तीनजना घाइते भएका छन। वडा नं ३ गणेशपुर चौकमा इटहरीबाट विराटचौक तर्फ आउदै गरेको को ३१ प ५१३३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको बा ६८ प ८८९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो। मोटरसाइकल दुर्घटनाबाट इटहरी उपमहानगरपालिका वडा नं २ बस्ने वर्ष ४५ को प्रकाश ढकाल, सुन्दरहरैंचा नगरपालिका वडा नं ७ बस्ने वर्ष ४० को हरि बास्तोला र वर्ष २८ को सोभराज अधिकारी घाइते भएको पुलिसले जनाएको छ। घाइते तीनजनालाई उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल लगिएको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement