सांसद इन्द्रहाङ सुब्बा पनि सामेल
गान्तोक: राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का सदस्यहरूले आज सॉंझ देशकी राष्ट्रपति द्रौपदी मुर्मूसॅंग राष्ट्रपति भवनमा भेट गरेको छ। एनडीए प्रतिनिधि टोलीको अगुवाई भाजपा नेता जेपी नड्डाले गरेका थिए। एनडीएको प्रतिनिधि टोलीमा सिक्किमका नवनिर्वाचित सांसद इन्द्रहाङ सुब्बा पनि सामेल थिए।
सांसद सुब्बाले आफ्नो आधिकारिक फेसबुक पेजमा एनडीए प्रतिनिधि टोलीले राष्ट्रपतिसॅंग भेट गरेर नरेन्द्र मोदीलाई देशको प्रधानमन्त्रीको रूपमा समर्थन जनाउॅंदै ज्ञापन सुम्पेको जानकारी गराएका छन्। उनले प्रतिनिधि टोलीमा राजनाथ सिंह, अमित शाह, अश्विनी वैष्णव लगायत एनडीएको घटक दलका प्रमुखहरूको उपस्थिति रहेको जानकारी गराएका छन्।








