गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज पूर्व लोकसभा सांसद दिल कुमारी भण्डारीसँग र मिन्तोगाङका अधिकारी नन्दु थापासँग भेट गरे। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा भेट गरेको जानकारी गराइएको छ। भेटको क्रममा मुख्यमन्त्रीले गत १९ अप्रेलको दिन सम्पन्न भएको चुनाउमा आफू विजयी भएकोमा हार्दिक बधाई तथा शुभकामनाका लागि हार्दिक कृतज्ञता व्यक्त गरे। उनले एसकेएम पार्टीलाई उनीहरूको निरन्तर समर्थन कुरालाई स्वीकार गरे। मुख्यमन्त्रीले श्रीमति भण्डारीलाई पनि शुभकामना व्यक्त व्यक्त गर्दै नन्दु थापाको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गरेका छन्।








