विद्यार्थीहरूलाई लिएर भविष्य परामर्श साथै वित्तीय साक्षरतमाथि शिविर आयोजित

IMG-20240607-WA0314.jpg

गान्तोक: जिल्ला प्रशासन केन्द्र नाम्चीको पहलमा आज नाम्चीको जिल्ला टाउन हलमा बाह्रौ श्रेणी उतिर्ण गरेका विद्यार्थीहरूलाई भविष्य परामर्श साथै वित्तीय साक्षरता शिविर आयोजना गरियो। यस कार्यक्रममा नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आले, अतिरिक्त जिल्लापाल अन्नत जैन लगायय विभागका प्रमुख साथै विद्यार्थी र शिक्षकवर्गको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा स्रोतवक्ताकोरूपमा कृषि विभागकी अतिरिक्त निर्देशक निर्मला मोक्तान,अवकाश प्राप्त प्रमुख निर्देशक माला बजगाईँ लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा जिल्लापाल अन्नपूर्ण आलेले यस कार्यक्रममा उपस्थित सबै सहभागी साथै स्रोतवक्ताहरूप्रति उपस्थितिको निम्ति आभार प्रकट गरेकी छन्। उनले यस परामर्श कार्यक्रममा सहभागीहरूले अधिक लाभ उठाउनु पर्ने आग्रह गरिन्। सोही क्रममा अतिरिक्त जिल्लापाल अन्नत जैन र महकुमा अधिकारी छिरिङ नोर्ग्याल थिङले पीएससी र एसपीएससी जस्ता लोक सेवा परीक्षाहरूमा अभिमुखीकरणबारे जानकारी गराए। यस प्रकारको परीक्षाको महत्वमा जोड दिँदै उनीहरुले भविष्यमा राष्ट्र सेवा गर्ने अवसर मिल्ने गरी त्यसका लागि योजना र तयारी गर्न विद्यार्थीलाई सुझाव दिए।सोही प्रकारले एसआरएम विश्वविद्यालय र आइएचएम गान्तोकका प्रतिनिधिहरूले कार्यक्रम र प्रस्तावित पाठ्यक्रमहरू, योग्यता मापदण्ड, सम्भावनाहरू र विद्यार्थीहरूलाई उनीहरूको विश्वविद्यालयहरूले उपलब्ध गराएको अवसरहरूबारे जानकारी गराए। यसका साथै, विद्यार्थीहरूलाई एसबीआईका प्रतिनिधिहरूद्वारा बीमा, व्याङकिङ र लगानीलगायत वित्तीय साक्षरताको महत्त्वबारे पनि जानकारी गराइएको थियो।

सोही प्रकारले पेमा वाङ्चुक र स्मिता राईले उद्यमीको रूपमा आफ्नो यात्रा र यसका लाभहरूबारे साझा गरे। उनीहरूले विद्यार्थीहरूलाई आ-आफ्नो क्षमतामा सफलता हासिल गर्न नवीन विचार र रणनीतिहरू समावेश गर्न प्रोत्साहन पनि गरे। त्यसैगरी, डा माला बजगाई र निर्मला मोटकनले भेटेरिनरी डाक्टर, कृषि तथा बागवानी व्यवसायीहरूले भोग्नुपरेका चुनौतीहरूको महत्त्व र चुनौतीहरूबारे विद्यार्थीहरूलाई जानकारी दिए र यस क्षेत्रले प्रदान गर्ने अवसरहरू लगायत उनीहरूले समाजको उन्नतिका लागि अदेख्य योगदानबारे प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement