गान्तोक: एसकेएम पार्टीका अध्यक्ष एवम पूर्व मुख्यमन्त्री प्रेम सिंह तामाङले आगामी १० जूनको दिन मुख्यमन्त्रीको पदमको निम्ति शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। उल्लेखनीय छ, गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा एसकेएम पार्टीले ३१ सीट जितेको थियो भने, विपक्षी दल एसडीएफ पार्टीले केवल एउटा मात्र सीटमा जित हासिल गरेको थियो। वास्तवमा आगामी ९ जूनको दिन प्रेम सिंह तामाङले मुख्यमन्त्रीको निम्ति शपथ ग्रहण गर्ने कार्यक्रम रहेको थियो,तर सोही दिन केन्द्रमा नरेन्द्र मोदीले तेस्रोपल्ट प्रधानमन्त्रीकोरूपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेकोले सिक्किम सरकार गठन गर्ने कार्यक्रमको मितिमा केही फेरबदल गरिएको हो।








