सम्पत्तिको लागि बुहारीद्वारा ससुराको हत्या गराइएको खुलासा

Crime

नागपुर: महाराष्ट्रको नागपुरमा ३०० करोडको सम्पत्ति हडप्न बुहारीले आफ्नै ससुरालाई सुपारी दिएर हत्या गरेको घटना अघि आएको छ। पहिला यो घटनालाई दुर्घटना देखाउने प्रयास भए पनि पुलिसको सतर्कता र परिवारका सदस्यले व्यक्त गरेको हत्याको आशंकाले घटनालाई अर्कै मोड दिएको छ। गत  २२ मईमा नागपुरको मानेवाडा कम्प्लेक्समा पुरुषोत्तम पुट्टेवार (८२ वर्ष)लाई कारले ठक्कर दिएको थियो। यस घटनामा उनको मृत्यु भएको हो। घटना सीसीटीभी क्यामेरामा कैद भएको छ। पुलिसले शुरुमा दुर्घटनामा मृत्युको मुद्दा दर्ता गरेको थियो। घटनापछि मृतकका भाईले पुलिस अधिकारीलाई हत्या भएको आशंका गरेका थिए। पुलिसले त्यस दिशामा अनुसन्धान थालेपछि एकपछि अर्को चकित पार्ने खुलासाहरु आएको समाचार छ।

यस घटनामा पुलिसले सीसीटीभीका आधारमा कार चालक नीरज निम्जे र सचिन धार्मिकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अनुसन्धानका क्रममा दुवैले अर्चना पुट्टेवारबाट पैसा लिएको र ससुरालाई कारले ठक्कर दिएको पुलिसलाई बताए। सुपारी हत्याकाण्डमा पुलिसले अहिलेसम्म तीन अभियुक्तलाई पक्राउ गरेको छ। बुहारी अर्चनाको नजर पुरुषोत्तमको ३०० करोडको पैतृक सम्पत्तिमा रहेको भन्ने समाचार छ। विशेष कुरा के छ भने अर्चना सरकारी अधिकृत भएको तथ्य पनि बाहिर आएको छ। यो सम्पूर्ण मामिलाबारे नागपुरका पुलिस आयुक्त रविन्द्र सिंघलले यो मामिला हाई प्रोफाइल भएको बताए। यस विषयमा नागपुर अपराध शाखाको टोलीले अनुसन्धान गरिरहेको छ। यस घटनामा पुलिसले अहिलेसम्म तीन अभियुक्तलाई पक्राउ गरेको छ। छिट्टै पुलिसले यस घटनामा संलग्न सबै अभियुक्तलाई पक्राउ गरी यो सुपारी हत्याको रहस्य पत्ता लगाउनेकार्य गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement