सिलगढी: फाँसीदेवा थानाको पुलिसले एक अन्तर्राष्ट्रिय ठगी गिरोहलाई पर्दाफाश गर्दै अनिल गोप नामका एक युवालाई पक्राउ गरेको छl उनको साथबाट चेक बुक, ब्यांक पासबुक र सयौं एटीएम कार्डहरू बरामद गरिएको छ। पुलिसले यो ठगीका मुख्य योजनाकार मोहम्मद शहिदुलको घरमा छापा मारेको थियो। पुलिसले आज सिलगढी महकुमा परिषदअन्तर्गत फाँसीदेवा ब्लकको चथट बजारमा मोहम्मद शहिदुलको मोबाइल पसलमा खोजी गरेको छ।

सर्कल इन्स्पेक्टर सैकत भद्र, फाँसीदेवा पुलिस चौकीका ओसी इफ्तिखार हुसेनसहित अतिरिक्त पुलिस उपरीक्षक विश्वजित रोय पनि उपस्थित थिए। पसलबाट धेरै कागजात र क्युआर कोडहरूसहित धेरै ब्यांक चेकबुकहरू बरामद भएको छ। पुलिसले हार्ड डिस्कसहित धेरै मोबाइल ल्यापटप बरामद गरेको छ। यससँगै भाडामा लिएको पसल पनि सिल गरिएपनि पुलिस प्रशासनले यस अन्तर्राष्ट्रिय ठगी गिरोहका अभियुक्तको खोजी गरिरहेको छ। हजारौं रुपियाँको कारोबार भएको पुलिस स्रोतले जनाएको छ। तर, अभियुक्त अझै फरार छन्। फाँसीदेवा पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।








