शव बरामद गर्न पुगेपछि यस्तो देखेर सबै चकित

photocollage_202467175822331

मालदा (पश्चिम बंगाल): मालदामा शव बरामद गर्न घटनास्थलमा पुगेको पुलिस जीवितै रहेको देखेर स्तब्ध भएको बताइएको छ। यो घटना पुरानो मालदाको नारायणपुरमा राष्ट्रिय राजमार्गको पोखरीमा शुक्रबार भएको हो। पोखरीमा युवकको तैरिरहेको शव देखेपछि क्षेत्रमा सनसनी मच्चिएको थियो भने स्थानीय बासिन्दा तैरिरहेको शव हेर्न पोखरीतर्फ गएका थिएl तर युवक भने करिब डेढ घण्टासम्म पोखरीमा पौडी खेले। घटनाको खबर पाउनासाथ मालदा थानाको पुलिस घटनास्थलमा पुगेर कर्मबन्धुलाई शव बरामद गर्नका लागि साथमा ल्याएको मात्र होइन, शव बरामद गर्ने क्रममा युवकको मृत्यु नभएको भन्दै पुलिस छक्क पर्यो। उद्धारपछि युवकलाई जिउँदै देखेर स्थानीयवासी अचम्ममा परेl युवकको पहिचान खुल्न नसके पनि डेढदेखि दुई घण्टासम्म पोखरीको पानीमा कसरी जीवित रह्यो। युवक मानसिक रूपमा अस्थिर वा लागुऔषध दुर्व्यसनी भएको स्थानीयको अनुमान छ। उद्धारपछि युवक केही बेरमै भाग्न सफल भएको समाचार छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement