मङ्पु: मङपूका छोरा डा. समिरण सुब्बाले भर्खरै एमबीबीएस पास गरू गाउँ साथै मङपु साथै गोर्खा जातिको नाम रोशन गर्न सक्षम भएकोमा गुडस्टार्ट एकाडमीले डाक्टर सुब्बालाई सम्मान जनाएको छ।
डा. सुमिरण सुब्बाले प्राथमिक शिक्षा मङ्पु गुड स्टार्ट एकाडेमीबाट लिएका कारण आज विद्यालयका भूतपूर्व छात्र डा. सुब्बालाई विद्यालय परिवारले सम्मान जनाएको छ। कमलकुमार छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सम्मान समारोहको प्रमुख अतिथि शशि भुशन राई उपस्थित रहेका थिए।
विद्यालयका शिक्षिका सरस्वती छेत्रीले सञ्चालन गरेको समारोहमा शिक्षिका छेत्रीले मनिषा छेत्री डा. सुमिरण सुब्बाको जीवानीबारे उपस्थित सबैलाई विस्तृत रूपमा जानकारी गराएका छन्। विद्यालयका प्राचार्य एमके छेत्री आजको कार्यक्रममा उपस्थित दिने हुने सबैलाई हार्दिक स्वागत जनाएपछि विद्यालयका नानीहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए। समारोहमा विद्यालयका नानीहरु अनि अभिभावकगणको उपस्थिति रहेको थियो। पिता सुनिल सुब्बा अनि माता मञ्जिता सुब्बाको छोरा डा. सुमिरण सुब्बाले यसै वर्ष एमबीबीएस पास गरेर मङपू साथै गोर्खा जातिको नाम नै रोशन गर्न सक्षम भएका छन्।डा.सुमिरणले प्राथमिक बाल्य शिक्षा मङपू गुड स्टार्ट एकाडमीबाट लिएका थिए। त्यसपछि देहरादुनको दुन भेल्ली पब्लिक स्कूल” अध्ययन गर्दै सप्तश्री ज्ञानपीठबाट ९०.२ प्रतिशत ल्याएर २०१५ मा आईसीएससी टपर गरेपछि २०१७ सालमा आर्मी पब्लिक स्कूल बेङडुबीबाट ८४ प्रतिशत ल्याएर सीबीएसई प्रथम दर्जामा उतिर्ण गरे। यसरी २०१८ मा नीट टेस्ट उत्तीर्ण गरेपछि “कोलकोत्ता नेशनल मेडिकल कलेजबाट ११ मई २०४ को दिन उनले एमबीबीएस पास गरी गोर्खा जातिको नाम नै रोशन गर्न सक्षम बने। डा. सुब्बाले आफुले एमबीबीएस पास गरेपछि आगामी दिनमा नेट पीजी अनि एमएस गर्ने कुरा बताएका छन्।








