खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी नेताजी हाई स्कूलमा साप्ताहिक पर्यावरण दिवस पालन गरिरहेको छ। उक्त साप्ताहिक पर्यावरण दिवसको तेस्रो दिन पनि विविध सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। आजको मुख्य कार्यक्रममा ई- वेस्ट रहेको थियो। जसलाई शिक्षक सुदिप गुरुङ अनि शिक्षक नयन खातीले सहयोग गरेका थिए। यसमा स्कूलका विद्यार्थी नानीहरुले स्कूलका वरिपरि रहेको घरहरुमा गएर जति पनि पुरानो बि्ग्रिएको टिभी, मोबाईल, चार्जर, अन्य जति पनि ईलेक्ट्रोनिक सामानहरु छ,ती समानहरुलाई जताभाबी नफ्याँकेर सही ठाउँमा त्यसलाई लगेर नष्ट गर्नुपर्छ नत्रपछि यसले हामी सबैलाई हानी पुराउँछ भनी गाउँका मानिसहरुलाई जागरुक गराएका छन्। यसको साथै नानीहरुले अर्को पर्यावरण सम्बन्धि जति पनि हाम्रो वरिपरि गाउँ घरमा वरिपरि फ्याँकिएको प्लास्टिकको बोतल, पोललेथिन ब्याग आदि जति पनि छन् ती वेस्ट भएको चीजहरु छन् त्यसलाई जताभावी नफ्याँकेर राम्रोसँग प्रयोग गरे घरमा सजाउने चीजहरु साथै फूल रोप्ने गमलाहरु बनाउन सकिन्छ भनी अवगत गराइएको छ।

यस कार्यलाई शिक्षिका मनिषा प्रधान अनि उषा खातीको सहयोगमा गरिएको थियो। यस विषयमा दशौं श्रेणीको छात्रा मुस्कान शर्मा अनि मिङमार तामाङले बताएका छन् भनी नेताजी हाई स्कूलको शिक्षक प्रभारी दिनेश प्रधानले जानकारी गराएका छन्।








