फासीदेवामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु

IMG-20240524-WA0016.jpg

फासीदेवा: पोखरीमा माछा मार्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको घटना फासिदेवाको हेतमुडी सिङ्गीझारा क्षेत्रको सरकारगाछमा भएको हो। बालिकाको नाम निकिता लाक्रा (१०) हो। प्राप्त जानकारी अनुसार आज बिहान निकिता बुबालाई खेतीमा सघाउन गएकी थिइन्। यसै क्रममा उनी पोखरीमा माछा मार्न गएकी थिइन्। त्यसपछि निकिता अचानक गहिरो पानीमा डुबेकी थिइन्। चिच्याएको सुनेर स्थानीयवासी घटनास्थल पुगेका थिए। त्यसपछि निकिताको लाश पोखरीबाट निकालियो। घटनाको जानकारी पाएर बागडोग्रा थानाको पुलिस घटनास्थलमा पुग्यो र लाश बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। पोखरीमा रहेको विषालु सर्पको टोकाइबाट निकिताको मृत्यु भएको स्थानीयको अनुमान छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement