कालिझोडा कमला झरनामा नुहाउन गएका एक युवककाे डुबेर मृत्यु

Capture5-4.png

सिलगढी: कार्यालयबाट बिदा लिएर साथीहरुसँग कालीझोडा कमला झरनामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको खबर सार्वजनिक भएको छ। युवकको खोजी कार्य जारी रहेको बताइएको छ। युवकको नाम सायरेश साहनी (२२) हो। उनी सिलगढी नजिकैको जाब्राविटा क्षेत्रका बासिन्दा हुन्। सायरेश निजी कम्पनीमा काम गर्छन् । प्राप्त जानकारी अनुसार बिहीबार अफिसबाट बिदा लिएर सायरेश केही साथीहरूसँग बिहान ७ बजे कारमा कालीझोडा कमला झरनातर्फ गएका थिए। त्यहाँ पुगेपछि
सायरेश आफ्ना साथीहरूसँग नुहाउन पानीमा पसे। तर, पौडिन नजान्ने भएकाले उनी पानीमा डुबेका थिए। साथीहरूले पानीमा सिरेशलाई खोज्ने प्रयास गरे तर फेला पार्न सकेनन्। त्यसपछि साथीहरूले तुरुन्तै स्थानीय पुलिस प्रशासनलाई खबर गरेका थिए। गहिरो पानीका कारण युवक अझै फेला नपरेको बताइएको छ। यसैबीच हिजो बिहानै सायरेशलाई उनका साथीहरूले घरबाट बोलाएर लगेको परिवारको आरोप छ। सायरेश पौडिन जान्दैन थिए। उनका साथीहरूले विभिन्न समयमा फरक-फरक कुरा गरिरहेका छन्। जसका कारण परिवारले आफ्ना साथीभाइमाथि शंका गर्न थालेको छ। परिवारले सायरेशलाई लगेर हत्या गरेको आरोप लगाएका छन्। घटनाको उचित अनुसन्धान गर्न परिवारले पुलिस प्रशासनलाई आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement