सिलगढी: आगामी १८ जूनदेखि शहरमा दार्जीलिङ जिल्ला एनजेपी-फुलबारी मेक्सी-क्याब ओनर्स एसोसिएशन (सिटी अटो ड्राइवर्स एण्ड ओनर्स एसोसिएशन) लेअनिश्चितकालीन हडतालको आह्वान गरेको छ। आज शुक्रवार संगठनका सदस्यहरूले सिलगढी जर्नलिस्ट्स क्लबमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको छ। संगठनको तर्फबाट बताए अनुसार सिलगढी शहरमा टोटोको संख्या लगातार बढिरहेको छ। जहाँ नगर निगमद्वारा ३८५० वटा टोटोलाई मात्र शहरमा चल्नसक्ने अनुमति दिएको छ। तथापि, यसभन्दा अधिक संख्यामा टोटोहरू सडकमा चलिरहेको छ। जसले गर्दा अटो चालकहरूले समस्याको सामना गर्न परिरहेका छन्।हाई कोर्टको निर्देश अनुसार सिलगढी शहरको मुख्य सडकहरूमा टोटो आवत्-जावत् गर्नमा रोक लगाइएको छ। तर, टोटोहरूले हाई कोर्टको निर्देशलाई पालन नगरेर शहरको मुख्य सडकहरूदेखि लिएर राष्ट्रीय राजमार्गमा समेत दौडाइरहेको छ। यसैले गर्दा संगठनले आगामी १८ जूनदेखि टोटो विरूद्ध अनिश्चितकालीन हड़तालको आह्वान गरेको छ। संगठनको तर्फबाट उज्ज्वल कान्ति घोषले भने, टोटो विरूद्ध प्रशासनसित धेरैपल्ट अभियोग दर्ता गरे तापनि कुनै कार्वाही गरेको छैन। यसैले गर्दा हामीले शहरमा सिटी अटोको आवाजाही अनिश्चितकालको लागि बन्द राख्ने निर्णय लिएको हो। यसबारे दार्जीलिङ जिल्लाधिकारी, मतिगढीको बीडीओ, सिलगढी यातायात विभागको डीसीपी लगायत अन्य अधिकारीहरूलाई अगावै सूचित गरिसकेको छौ।








