एकिकृत माले सुनसरी अध्यक्ष खनालको भारतमा मृत्यु

IMG-20240607-WA0272.jpg

बिराटनगर: उपचारका लागि भारत लैजाने क्रममा नेपाल कम्युनिष्ट पार्टी एकिकृत माले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ।आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो। थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।नेकपा एकिकृत माले सुनसरीका नेता रवि खनालका अनुसार उपचारका लागि जाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ। उनलाई मंगलबार भारत लगिएको थियो। खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उनले खेमराज पोखरेललाई अध्यक्षमा पराजित गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement